सरकारले परीक्षणको दायरा विस्तार गर्नुपर्छः कांग्रेस - Sainokhabar
  • बिहिबार, माघ ०८, २०७७

सरकारले परीक्षणको दायरा विस्तार गर्नुपर्छः कांग्रेस

साइनो समाचारदाता

काठमाडौ । नेपाली कांग्रेसले समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र परीक्षणको दायरा विस्तार सरकारले गर्नुपर्ने बताएको छ ।

शनिबार विज्ञप्ती जारी गर्दै अनिवार्य क्वारेन्टाइनमा राख्न र परीक्षणको दायरा विस्तार गर्ने कार्य नगरेकाले खतराको आकार बढेर गएको बताएको छ । कांग्रेसले भनेको छ, समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन । यस अघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण, परीक्षण र परीक्षण, तत्काल, तत्काल गर्नुपर्ने सरकारलाइ कांग्रेसले अपिल गरेको छ ।

सम्बन्धित खवर