नेपालमा थप तीन जनामा कोरोना संक्रमण, हिनडुलमा चुनैती - Sainokhabar

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, हिनडुलमा चुनैती

काठमाडौं / नेपालमा थप तीन जनामा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ । त्यस्तै, यस अघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजू हुन्। संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए।

योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ। पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

%d bloggers like this: