काङग्रेस नेता तामाङ माथि पथरीमा छुरा प्रहार - Sainokhabar

काङग्रेस नेता तामाङ माथि पथरीमा छुरा प्रहार

साईनो समचारदाता पथरी/ मोरङको पथरीशनिश्चरेमा १ मा काङग्रेस नेता दिलिप तामाङ माथि छुरा प्रहार भएको छ । वाटो वन्द गरेको विषयमा विवाद हुदा पथरीमा काङग्रेसका नेता तामाङलाई बिजय लिम्बुले छुरा प्रहार गरेका हुन । पथरीशनिश्चरे १ का तामाङलाई सोहि ठाउका विजय लिम्बुले मादक पदार्थ सेवन गरी छुरा प्रहार गरेका हुन ।


साझ तामाङ्ग संग लिम्वुले वाटो वन्द गरेको विषयमा विवाद गरेको र विवाद उग्ररुप लिएपछि लिम्वुले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले जानकारी दिए । लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने तामाङ्गको विराटनगर स्थीत नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

पथरीशनिश्चरेमा प्रहरीले सुरक्षामा कडाई गरे पनि पथरीबासीले सुरक्षीत महसुस गरेका छैन्न भने छोटो समयमा पसल चोरीका घटना, झैभगडा, प्रहरीले घुस लिएका जस्ता घटनाहरु समचारमा आइरहेका छन । सुरक्षको हिसावले पथरीशनिश्चरे १ मा डि एस पि सहितको इलाका र बेस क्याम त छ तर पनि प्रहरी र बेस क्याम आस पासबाटै मोटरसाईकल र पसलहरु चोरि हुने गरेको छ । इलाका, बेस संगै दुई वटा सस्त्र प्रहरीको दुई कार्यलय भए पनि पथरी बासीले सुरक्षीत महसुस गर्न भने सकेका छैन्न ।
पथरीशनिश्चरेमा एकै दिन एकै समयमा दुई घटना घटेको थियो । पथरीशनिश्चरे ५ मा प्रहरीले विना कारण एक किशोर माथी र्निघात कुटपिट गर्यो भने अर्का तिर एक एक युवाले काङग्रेस नेता माथि छुरा प्रहार गरे ।

सम्बन्धित खवर