पाँचथरका ३ सय २० परिवारलाई राहत वितरण - Sainokhabar

पाँचथरका ३ सय २० परिवारलाई राहत वितरण

साइनो समाचारदाता

पाँचथर । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले व्यक्तिगत रुपमा आफ्नो गृहजिल्ला पाँचथरका विपन्न ३ सय २० परिवारलाई राहत वितरण गरेका छन् ।

लकडाउनको समयमा काम गर्न नपाएपछि गुजारा चलाउन समस्या भएकाहरुलाई विहीबार मन्त्री आङ्बोले खाद्यान्न सहयोग गरेका हुन् । व्यक्तिगत रुपमा स्थानीय तहले न्यून आर्थिक अवस्था भएका भनेर राखेको तथ्याङ्कको आधारमा २ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन् । जिल्लाको तुम्बेवा गाउँपालिकाका १ सय ९०, फिदिम नगरपालिका–९ लुम्फाबुङका ६० र तथा फिदिम–६ शिवाका ७० परिवारलाई खाद्यान्न सहयोग गरिएको मन्त्री आङ्बोले जानकारी दिए । स्थानीय जनप्रतिनिधिको उपस्थितिमा प्रत्येक परिवारलाई २५ किलोको दरले चामल वितरण गरिएको छ ।

सम्बन्धित खवर