६५ वर्षीया जेष्ठ नागरिकलाई कोरोनाको संक्रमण - Sainokhabar

६५ वर्षीया जेष्ठ नागरिकलाई कोरोनाको संक्रमण

साइनो समाचारदाता

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को संक्रमण ६५वर्षीय जेष्ठ नागरिकलाई देखिएको छ । चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।बागलुङकी जेष्ठ नागरिकसँगै नेपालमा संक्रमणको संख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको पुष्टि गरे । उनी तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्त समेत हुन् ।

उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्त कहाँ बसेर जिपमा बाग्लुङ पुगेका उनीहरुलाई कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन ।

सम्बन्धित खवर