राहत कोषमा कुमारी बैंकको १० लाख सहयोग - Sainokhabar

राहत कोषमा कुमारी बैंकको १० लाख सहयोग

साइनो समाचारदाता

जनकपुरधाम । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंकले दश लाख रुपैया सहयोग गरेको छ ।

बैंकका विरगंज स्थित प्रदेश कार्यालय र जनकपुर स्थिति शाखा कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई दश लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा, माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन । प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं। १२२०५०३०००००१ रहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: