रहेनन् साहित्यकार पागल - Sainokhabar

रहेनन् साहित्यकार पागल

साइनो समाचारदाता

इनरुवा । सुनसरीको इनरुवा ६ मधेशामा बसेर सक्रिय साहित्य साधना गरिरहेका बरिष्ठ साहित्यकार प्राज्ञ ७७ बर्षीय उपेन्द्र पागलको निधन भएको छ ।

बुधबार २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको परिवार श्रोतले जनाएको छ । लामो समयसम्म मोरङको सुकुना क्याम्पसमा अध्यापन गराएका उनी केही समययता श्वाशप्रस्वासको विरामी रहेका थिए ।थुप्रै संघ–संस्थाबाट सम्मानित भइसकेका ७७ बर्षीय पागल अघिल्लो कार्यकालमा प्राज्ञ समेत थिए । उनको पार्थिब शरीर अहिले ४ बजे इटहरीको बुढिगंगा जमुना घाटमा अन्त्यष्टि गरिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: