स्वास्थ्य अवस्था बुझ्दै नगरपालिका, अनुगनम जारी - Sainokhabar

स्वास्थ्य अवस्था बुझ्दै नगरपालिका, अनुगनम जारी

साइनो समाचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसबाट बच्न घरभित्रै वस्न गरिएको लकडाउनको समयमा विदेशबाट आएका व्यक्तिहरुको घर घरमा गएर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।

बुधबार नगर प्रमुख दिलीपकुमार राई सहितका वडाका जनप्रतिनिधि तथा नगर जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मीको टोलीले विदेशबाट आएकाहरुको स्वास्थ्य अवस्था बुझ्ने काम गरेको छ । वडा नम्वर ३, ६, ८ र ९ मा विदेशबाट आएका र तिनका परिवारलाई भेटेको छ । विदेशबाट आएको १४ दिन कटिसकेको अवस्था भएको र उनीहरुको स्वास्थ्यमा पनि समस्या नदेखिएको भएपनि घरभित्रै स्वत क्यारेन्टाइनमा वस्न आग्रह गरिएको जनस्वास्थ्य निरीक्षक आचार्यले बताए । प्रत्येक वडाबाट विदेश गएर आएकाहरुको तथ्यांक संकलन कार्य समेत भइरहेको छ ।


नगर क्षेत्रमा कोरोना भाइरसबाट बच्न घरभित्रै वस्न गरिएको लकडाउनको अवस्थाको नगरबाट दैनिक अनुगमन् भइरहेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको नगर सुरक्षाकर्मी सहितको टोलीले वडा नम्वर १, २ र १० मा अनुगमन् गर्दै बाहिर निस्किनेहरुलाई कडा चेतावनी दिएको छ । इलाका प्रहरी, शसस्त्र प्रहरीले नियमित रुपमा गस्ती बढाएर घरभित्रै वस्न आग्रह गरिरहेको छ । आफु पनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश दिँदै गरिएको अनुगमन्का क्रममा मास्क नलाएको भेटिएका अति विपन्नहरुका लागि मास्क पनि वितरण गरिएको छ ।

सम्बन्धित खवर