सहयोग जुट्ने क्रम जारी - Sainokhabar

सहयोग जुट्ने क्रम जारी

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा सहयोग जुट्ने क्रम अघि बढेको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा आज ४५ हजार बढी रकम जम्मा भएको छ । पथरी शनिश्चरे २ स्थित लर्डबुद्ध सहकारी संस्थाले २० हजार १, ९ नम्वरको महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले १५ हजार र ९ नम्वरका रोशन खरेलबाट १० हजार रुपैयाँ जम्मा भएको समिति सदस्य एवम् पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले जनाए । जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताए । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइने छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: