माक्स नलाउनेलाई प्रहरीले गर्यो कार्वाही, पराजुलीले दिए माक्स - Sainokhabar

माक्स नलाउनेलाई प्रहरीले गर्यो कार्वाही, पराजुलीले दिए माक्स

साइनो समचारदाता पथरी/ कोरोना संक्रमणका कारण देश लकडाउन भएको छ । योहि समयमा बिना काम र विना माक्स बाहिर आवत जावत गरेमा स्थानिय निकाय र प्रहरी प्रसासनले कावाही गर्ने गरेको छ ।
नेपाल सरकार, गृह मन्त्रालय र स्थानिय निकायले कोहि पनि जनतालाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ । अतिआवस्यक काम परे स्थानिय निकाय, प्रहरी प्रसासन र जनप्रतिनिधीलाई जानकारी गराउन स्थानिय पालिकाहरुले आवहान गरेका छन ।
सरकारको अवज्ञा गर्दै लकडाउन तोडेर बिनाका हिडडुल गर्ने र बिना माक्स आवतजावत गर्नेलाई ईलाका प्रहरी कार्यलय पथरीले लकडाउनको जानकारी दिदै माक्स बितरण गरेको छ ।


प्रहरीले लकडाउन तोडेर हिडडुल गर्ने ब्याक्तीहरुलाई कार्वाही स्वरुप एक ठाउमा भेला गरि निस्चित दुरीकायम गर्दै १ घण्टा उभाएको थियो ।
कार्वाहीमा परेकालाई कोरोनाबाट बच्न नेपाल सरकारले लगाएको नियममा बस्न अनुरोध गर्दै सकेसम्म माक्स लगाउनुस घरबाहिर ननिस्कीनुस तपाइहरुको सुरक्ष हामी गर्छौं हाम्रो सुरक्ष तपाईहरु गरिदिनुस भनेर डि एस पि दिलीप कुमार गिरीले संझाएका थिए ।
सो कार्यमा प्रहरीले जनताको सुरक्ष गरेको भन्दै पथरी बहुमुखी क्याम्पसका स्ववियू सचिव रोशन पराजुली र जि पी कोइराला अध्यायन केन्द्र मोरङका अध्यक्ष सुविन पराजुलीले प्रहरी र कार्वाहीमा परेका ब्याक्तीलाई सर्जिकल माक्स बितरण गरेको थियो ।

सम्बन्धित खवर