मुख्यमन्त्री राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण - Sainokhabar

मुख्यमन्त्री राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण

साइनो समाचारदाता

जनकपुरधाम । कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ ।

बैंकका जनकपुर स्थिति प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकलगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन । प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपिल समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

सम्बन्धित खवर