स्ववियू सचिव पराजुलीले पथरी बहुमुखी क्याम्पसका विध्याथीलाई सहयोग गर्ने - Sainokhabar

स्ववियू सचिव पराजुलीले पथरी बहुमुखी क्याम्पसका विध्याथीलाई सहयोग गर्ने

साइनो समाचारदाता पथरी/ पथरी बहुमुखी क्याम्पस अध्यानरत डेरा गरि बस्ने विधार्थीहरुलाई संस्थापक स्ववियू सचिव रोशन पराजुलीले खाद्यान्न सहयोग गर्ने भएका छन । कोरोना संक्रमणका कारण देश लकडाउन भएपछि समस्यामा रहेका विद्यार्थीहरुलाई सहयोग गर्ने पराजुलीले बताएका छन ।


पथरीशनिश्चरे नगरपालिका संग समन्वय गरि पथरीशनिश्चरे बाहिरबाट आएर अध्ययन गर्ने विध्यार्थीहरुलाई डेरामै गएर खाद्यान्न वितरण गरिने संस्थपक सचिव पराजुलीले बताए ।

यस क्याम्पसमा पुर्बका बिभिन्न जिल्ला ताप्लेजुङ, ईलाम, भोजपुर, खोटाङ धनकुटा, भोजपुर लगायत विभिन्न जिल्लाका विध्यार्थीहरु कोठा लिएर क्यापसमा अध्ययन गरिरहेका छन ।

लकडाउन लम्बीए संगै विद्यार्थीबाट खाद्यान्न अभाव भएको जानकारी पाएपछि विद्यार्थीहरूलाई चामल, तेल, दाल, नुन, ग्यास र दैनिक प्रयोग गरिने औषधी लगायत अत्यावश्यक खाद्य सामाग्रीहरू राहत स्वरूप तत्काल उपलब्ध गर्ने पहल गर्दै जाने पराजुलीले बताए ।

उनले भने, यो पिडा र महामारीको समयमा आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने र घरधनीसंग भेटि भाडा छुट गराउन पहल गरिने पराजुलीले बताएका छन ।

पराजुलीले भने ‘राहत आवस्यक पर्ने केहि बिद्यार्थी साथीहरु सम्पर्कमा आउनु भएको छ । अन्य घर फर्किन नपाएर अफ्ठ्यारोमा परेका विद्यार्थीहरुलाई सामाजिक सञ्जाल तथा टेलिफोन मर्फत सम्पर्कमा आउन आग्रह गरेका छन् ।

सम्बन्धित खवर