लर्डबुद्धद्वारा राहत व्यवस्थापन समन्वय समितिलाई २० हजार सहयोग - Sainokhabar

लर्डबुद्धद्वारा राहत व्यवस्थापन समन्वय समितिलाई २० हजार सहयोग

साइनो समाचारदाता पथरी/ पथरी शनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले राहत व्यवस्थापन समन्वय समिति पथरी शनिश्चरे नगरको कोषलाई २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । संस्थाले मंगलबार सो कुरा सार्वजानिक गरेको हो । नेपालमा कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्दै नेपाली जनतालाई बचाउनका लागि नेपाल सरकारले घोषणा गरेको लक डाउनको कारण विपन्न वर्ग तथा दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेका नागरिकहरुलाई सहयोग गर्ने हेतुले सो रकम दिने घोषणा गरिएकोे व्यवस्थापक गणेश बाछानाले जानकारी दिनुभयो । सामाजिक कार्यमा सकृय लर्डबुद्ध साकोसले शिक्ष स्वास्थ र सामाजीक कार्यमा उलेखनिय सहयोग प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खवर