प्रदेश १ मा कोरोना भाइरस सक्रमण नियन्त्रण स्वास्थ्य सामाग्री आइपुग्यो - Sainokhabar

प्रदेश १ मा कोरोना भाइरस सक्रमण नियन्त्रण स्वास्थ्य सामाग्री आइपुग्यो

साइनो समाचारदाता

विराटनगर । चीनबाट काठमाण्डौं हुदै विराटनगरमा कोरोना भाइरस सक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री आईपुगेको छ । स्वास्थ्य सामाग्री नेपाली सेनाको स्काई ट्रक सोमबार अपरान्ह विराटनगर ल्याएको हो ।

उपकरण बोकेर स्काई ट्रक दोस्रो पटकमा विराटनगर विमानस्थलमा अवतरण गरेको थियो । दिउँसो १ बजे विराटनगर विमानस्थलमा पुगेर काठमाण्डौबाट आएको सामान मन्त्री घिमिरे र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले बुझेका छन् । व्यक्तिगत सुरक्षा उपकरण १ हजार थान पीपीईबाहेक अन्य सामान काठमाडौंमै झारेर स्काई ट्रक आएको हो । स्काई ट्रकले पीपीई मात्र ल्याएपछि एन–९५ मास्क १ हजार थान , १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन, १० थान थर्मल गन र सेनेटाइजर गाडीबट आउँदै गरेको प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । गाडीबाट आउने उपकरण मंगलबार आइपुग्ने उनले बताए ।

प्राप्त भएका सामान सोमबार नै विराटनगरका अस्पताल र प्रदेशका १४ वटै जिल्लामा पठाइ सकेको मन्त्री घिमिरेले जानकारी दिए । सरकारले पठाएको थप सामाग्री प्राविधिक कारणले हेलिकप्टरबाट आउन सम्भव नभएपछि गाडीबाट आईरहेको छ । प्रदेश १ मा हाल कोशी अस्पताल र बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोनासँग लड्न पूर्ण तयार रहेकोले यो दुईवटामा बढी मात्रामा पिपिई दिइनेछ । कोशी र बीपीमा १५० थानको हिसाबले पिपिई दिईने र दुई दिनपछि सुरु हुने भएको कोरोना अस्पताललाई २ सय थान दिने मन्त्रालयको योजना छ । यस्तै मेचीमा ४६ पिस, मोरङमा ३४, सुनसरीमा २४, धनकुटामा १४, तेह्रथुममा १२, संखुवासभामा २०, भोजपुरमा १८, सोलुखुम्बुमा १६, उदयपुरमा १६, खोटाङमा २०, झापामा ३०, पाचँथरमा १६ , ताप्लेजुङमा १८ , ईलाममा २० र ओखलढुङ्गामा १६ पिस पीपीई पठाउने प्रदेश सरकारले जनाएको छ । कोरोना उपचारमा खटेका स्वास्थ्कर्मीको उपचारमा सरकारले कुनै कमी हुन नदिने र आवश्यक थप सामान पनि मगाउने मन्त्री घिमिरेले बताए । सुरक्षा उपकरणबिना कोरोनाको उपचारमा संलग्न हुन स्वास्थ्यकर्मीलाई बाध्य नबनाईने स्पष्ट पारे ।

सम्बन्धित खवर

%d bloggers like this: