नगरस्तरीय जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापन समिति - Sainokhabar

नगरस्तरीय जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापन समिति

साइनो समाचारदाता

पथरी । नगरस्तरी कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापन समितिसोमबार गठन गरिएको छ । पथरी शनिश्चरे नगरपालिका कार्यालय मोरङको अगुवाईमा बनेको समितिको समिति गठन भएको हो ।

नगरपालिका, इलाका प्रहरी र पथरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको बैठकले नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा ६ सदस्यीय समन्वय समिति गठन गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । समितिको सदस्यहरुमा,. नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरी र नगरपालिका कर्मचारी लुकनाथ पोखरेलाई चयन गरिएको छ । बैठक नगर प्रमुख राईको अध्यक्षतामा बसेको थियो । बैठकले, प्रत्येक वडाबाट दैनिक ज्यालादारी मजदुरको संख्या २ दिनभित्र संकलन गरी नगरपालिकामा पठाउने र उनीहरुका लागि वडासँगको समन्वयमा एकद्धार प्रणालीबाट राहत व्यवस्थापन तथा वितरण गर्ने पनि निर्णय भएको छ । वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा दैनिक ज्यालादारी मजदुरको पहिचान गरी राहत व्यवस्थापनका लागि समिति समेत गठन गरिने छ । चैत १ गतेयता विदेशबाट घर फर्किएका नागरिकको विवरण वडा कार्यालयमार्फत संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ । कोरोनाको ‘लकडाउन’लाई कडाईका साथ पालना गर्न लगाउने तथा खाद्यान्न, सागसब्जी, दुध, फलफुलको सुरक्षित व्यवस्थापन गर्ने कुरामा बैठकले जोड दिएको छ । बैठकले, यसका साथै नगरपालिका, वडा क्षेत्रमा कोरोना संक्रमणबाट वच्ने औषधि छर्किएर निर्मलिकरण (डिसइन्फेक्टेड) गराउने समेत निर्णय गरेको छ । बैठकमा नगरका वडाध्यक्ष सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: