पाँचथरमा स्वदेश फर्किएकालाई क्वारेन्टाइनमा राख्न सुरु - Sainokhabar

पाँचथरमा स्वदेश फर्किएकालाई क्वारेन्टाइनमा राख्न सुरु

साइनो समाचारदाता

पाँचथर । पाँचथरमा स्वदेश फर्किएकाहरुलाई स्थानीय स्तरमा निर्मित क्वारेन्टाइनहरुमा राख्न सुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका ब्यक्तिहरुको विवरण जिल्लाका स्थानीय तहहरुले सङ्कलन गरेका थिए ।

स्थानीय तहहरुले शुक्रवारसम्ममा १२९ जना ब्यक्तिहरु विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । सङ्कलित विवरणका आधारमा हिँजोबाट क्वारेन्टाइनमा राख्ने काम सुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवम् कोभिड–१९ जोखिम न्यूनिकरण एवम् समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिए । शनिवार साँझसम्म सबैभन्दा बढी याङवरक गाउँपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै हिलिहाङमा सात जना, कुम्मायकमा तीन जना, मिक्लाजुङमा एक जना र फिदिम नगरपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि विदेशबाट आएका जिल्लाका दुई जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको थियो ।

सम्बन्धित खवर