ग्लोब, सेनिटराइजको प्रयोग गर्न नगरपालिकाको आग्रह - Sainokhabar

ग्लोब, सेनिटराइजको प्रयोग गर्न नगरपालिकाको आग्रह

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सेवाग्राहीका लागि हात धुन साबुन पानी राख्नुपर्ने र विक्रेताले ग्लोब, सेनिटराइजको प्रयोग गर्न आग्रह गरेको छ ।

संघीय सरकारको निर्णय अनुरुप पथरीशनिश्चरे नगरपालिकाको कार्यालय, पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय पथरीले पनि संयुक्त सूचना जारी गर्दै विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न र सब्जी पसल खोल्ने समय निर्धारण गरेको छ । सो समयमा अझ बढी सावधानी अपनाउनु पर्ने भएकाले पहिले आफ्नो पसल अगाडि ग्राहकलार्र्र्र्इ साबुनपानीले हात धुन लगाउनु पर्ने र पसलेले पनि ग्लोब र सेनिटराइजको प्रयोग अनिवार्य गर्नुपर्ने नगरप्रमुख दिलीपकुमार राईले जनाए । अत्यावश्यकीय सामान खरिद गर्दा कम्तिमा २ मिटरको दुरीमा रहेर बालबालिका र ज्येष्ठ बाहेकका घरको १ जनामात्र सहभागी हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सवैले घरभित्र बसेर सहयोग पुर्याउन समेत अनुरोध गरिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: