लकडाउन ८ दिन थपियो - Sainokhabar

लकडाउन ८ दिन थपियो

साइनो समाचारदाता

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न लकडाउन अवधि लम्ब्याउन प्रस्ताव गरेपछि सरकारले ८ दिन थपेको छ । पहिलो चरणको लकडाउन चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

पहिलो चरणको अवधिको समय सीमा २ दिन अगाबै समय थपेको हो । सरकारले पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी मुलुकभर एक साता लकडाउनको घोषणा गरेको थियो । समितिले लकडाउन ७ देखि बढीमा १४ दिन प्रस्ताव गरेको थियो । समितिको प्रस्तावलाई परिमार्जन गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो । नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये २ जना पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । बाँकी ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: