कोरोना भाइरस संक्रमणको परीक्षण धरानबाट सुरु - Sainokhabar

कोरोना भाइरस संक्रमणको परीक्षण धरानबाट सुरु

साइनो समाचारदाता

धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षण सुरु भएको छ । प्रतिष्ठानमा शनिबार मात्र ल्याब स्थापना गरिएको थियो ।

आजै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा स्थापना गरिएको ल्याबको निरीक्षण समेत गरेका छन् । ल्याबको नेतृत्व प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा. डा. नारायण भट्टराईले गर्नेछन् । उनले अस्पताल भर्ना भएका तीन जना बिरामीको नमुनाबाट परीक्षण गर्न थालिएको बताए । कोरोना भाइरसका शंकास्पद बिरामीहरुको ‍र्‍यालको संकलनको काम भने माइक्रोबायलोजी विभागले गर्नेछ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जिवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परीक्षण गरिनेछ । ल्याबको क्षमता अधिकतम उपयोग गर्दा ३० वटासम्म नमुना परीक्षण गर्न सकिने छ ।

सम्बन्धित खवर

%d bloggers like this: