विहान र बेलुका खाद्यान्न पसल खोल्न नगरपालिकाको आव्हान - Sainokhabar

विहान र बेलुका खाद्यान्न पसल खोल्न नगरपालिकाको आव्हान

साइनो समाचारदाता

पथरी । संघीय सरकारले लकडाउनको घोषणा गरिरहेको बेला मोरङको पथरी शनिश्चरेमा अत्यावश्यक खाद्यान्न पसल विहान र बेलुका निश्चित समयमा खोल्न आव्हान गरिएको छ । खाद्यान्न, सब्जी पसल विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोलिनेछ ।

आइतबार पथरीशनिश्चरे नगरपालिकाको कार्यालय, पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय पथरीले संयुक्त सूचना जारी गर्दै अत्यावश्यक खाद्यान्न र सब्जी पसल खोल्ने समय निर्धारण गरेको छ । सोही अनुसार आज माइकिङ थालिएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले जनाए । अत्यावश्यकीय सामान खरिद गर्दा कम्तिमा २ मिटरको दुरीमा रहेर घरको १ जनामात्र सहभागी हुनुपर्ने कुरा सूचनामा उल्लेख गरिएको छ । यसैबीच, अत्यावश्यक पर्ने बैंकिङ सेवा समेत सुरक्षित रुपमा २ घण्टा सञ्चालनको आवश्यकता महसुस गर्दै पथरीमा रहेको एनएमबी, कामना बैंक सहित आज २ घण्टा खुला गरिएको छ ।

सम्बन्धित खवर