दैनिक ४ घण्टा पथरी वजार खुल्ने - Sainokhabar

दैनिक ४ घण्टा पथरी वजार खुल्ने

पथरी
मोरङको पथरी वजार दैनिक ४ घण्टा खुलाउने निर्णय भएको छ । नगरपालिकाको आइतवार वसेको वैठकले विहान २ घण्टा र वेलुका २ घण्टा वजार खुलाउने निर्णय भएको हो । लकडाउनको समयमा नगरवासीमा अतिआवश्यक सामाग्रीको अभाव हुन नदिन यो निर्णय गरिएको हो ।
विहिन ७ देखी ९ वजे सम्म र वेलुका ५ वजे देखी ७ वजे सम्म खाद्यान्न र तरकारीका पसल खोलाउने निर्णय भएको वडा नम्वर १०का वडा अध्यक्ष सागर राईले जानकारी दिए ।
पथरीशनिश्चरे नगरपालिका,उद्योग वाणिज्य संघ पथरी र इलाका प्रहरी कार्यालयको समन्वयमा वजार खुलाउन लागीएको हो ।
वजारमा सामाग्री लिन वृद्ध, विरामी र वालवालिकालाई लाई भने नपठाउन नगरपालिकाले आग्रह गरेको छ । सामाग्री खरिद गर्न पनि २ मिटरको दुरी कायम गर्न आग्रह गरेको छ ।

सम्बन्धित खवर