वडा अध्यक्ष धिमालको घोषणा ,२ महिनाको तलब राहतमा - Sainokhabar

वडा अध्यक्ष धिमालको घोषणा ,२ महिनाको तलब राहतमा

पथरी
ज्यालादारी गरेर खाने परिवारका लागी पथरीशनिश्चरे ५ का वडा अध्यक्ष जोगवहादुर धिमालले आफ्नो २ महिनाको तलव वाट राहात वितरण गर्ने भएका छन् । कोरना भाइरसको संक्रमण नफैलियोस भनेर सरकारले लक डाउन गरे संगै सो वडाका अति विपन्न परिवार समस्यामा पर्न थालेका छन् ।
वडामा रहेका गरिव र अति विपन्न परिवारका लागी २ महिनाको तलव वरावरको रकमले राहात वितरण गर्ने भएका छन् । आइतवार वाट उनले सो वडाका अति विपन्न परिवारलाई चामल,दाल,नुन र तेल वितरण गर्न लागेको धिमालले वताए । मास्क मात्र वाडदा लक डाउनको समयमा अति विपन्न परिवारमा भोकमारी आउन सक्ने भन्दैे राहात स्वरुप खाद्यान्न लगायतका सामाग्री वाडन लागेका हुन । उनले भने ‘मैले पाउने २ महिनाको तलव वरावरको रकम वाट वडाका अति विपन्न परिवारका सदस्यलाई राहात वाडन लागेको हु’ । सो वडामा ऋषिदेव र मुस्लीम वस्ती रहेको छ । उनीहरु दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका छन् । धिमाल वडा वासीमा राहात वितरण घोषणा गर्ने पथरीशनिश्चरेकै पहिलो वडा अध्यक्ष हुन् । धिमाल नेपाली काग्रेस वाट विजयी वनेका वडा अध्यक्ष हुन ।

सम्बन्धित खवर

%d bloggers like this: