इजरायल बाट सागरको सहयोग गाँउलाई - Sainokhabar

इजरायल बाट सागरको सहयोग गाँउलाई

पथरी

इजरायलमा रहेका पथरीशनिश्चरे ३ का सागर तुम्बाफोले पथरीशनिश्चरे ३ मा ११ थान हातधुने बाल्टी सहयोग गरेका छ्न।

 शनिबार सागरका भाइ नबराज तुम्बाफोले सो बाल्टी वडा अध्यक्ष डम्बर बहादुर चेम्जोङलाइ हस्तान्तरण गरेका हुन ।करिब २० हजार रुपया बराबरको सामाग्री बितरण गरिएको नबराज तुम्वाफोले जानकारी दिए ।

कोरना भाइरसको संक्रमण नफाइलियोस भनेर बाल्टी संगै साबुन ,साबुन राख्ने बट्टा र जग पनि बितरण गरिएको हो । सो सामाग्री वडाका बिभिन्न स्थानमा राखिने वडा अध्यक्ष चेम्जोङले जानकारी दिए ।

सागरले पथरीको खेल लगायत सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउदै आएका छ्न ।बिदेशमा रहेर पनि पथरीशनिश्चरेमा सामाजिक सेवामा ठुलो योगदान पुर्‍याएको भन्दै सागर र सो कार्यमा संयोजन गर्ने नबराज तुम्बाफोको वडा बासिले प्रससा गरेका छ्न ।

सागरले यस अघि पनि पथरी स्पोटिङ क्लबलाइ २० हजार बराबरको खेल सामाग्री प्रदान गरेका छ्न ।

सम्बन्धित खवर