धरानबाट पनि कोरोना नमुना परीक्षण शुरु - Sainokhabar

धरानबाट पनि कोरोना नमुना परीक्षण शुरु

साइनो समाचारदाता

काठमाडौं । कोभिड–१९ को नमूना परीक्षण शनिबारदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान सुनसरी) मा शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले धरानबाट पनि नमूना परीक्षण शुरु गरिएको जानकारी दिए ।

चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ । यसअघि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो ।

थपियो कल सेन्टर

आजैदेखि कोभिड–१९ का बारे सर्वसाधारणलाई जानकारी दिन थप एक कल सेन्टर विस्तार गरिएको छ । पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको हो ।

संक्रमित घर फिर्ता भएको छैन

प्रवक्ता देवकोटाले शुक्रबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड–१९ सङ्क्रमित १९ वर्षीया युवती घर फिर्ता नभएको पनि बताए । उनले उनको टेकु अस्पतालमा नियमित उपचार भइरहेको जनाए ।

फेरि एकजनालाई संक्रमण

प्रवक्ता देवकोटाका अनुसार आज थप एक जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै आएकी वाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको छ । हिलेसम्म ८७५ जनामा नमूना परीक्षण गरिएकामा पाँच जनामा मात्र सङ्क्रमण देखिएको छ ।क्वारेन्टाइनमा छन् ।

सम्बन्धित खवर