नेपालगञ्जमा जहाज दुर्घटना - Sainokhabar

नेपालगञ्जमा जहाज दुर्घटना

साइनो समाचारदाता

नेपालगञ्ज । नेपालगञ्ज पुगेको नेपाल एयरलाइन्सको वाई १२ जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ।

दुर्घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन।कोरोना परीक्षणका नमुना लिन जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परेको नेपाल नागिरक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले कोरोनाको परीक्षणका लागि संकलन भएको नमूना लिन जहाज चार्टर गरेको थियो। जहाजमा पाइलट केबी लिम्बू थिए भने कोपाइलट महेश राज पाण्डे थिए।

सम्बन्धित खवर