पथरीबाट ८ जनालाई क्वारेन्टाइनमा - Sainokhabar

पथरीबाट ८ जनालाई क्वारेन्टाइनमा

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले शुक्रबारसम्म ८ जनालाई सुरक्षित बसोबास र हेरचाहका लागि क्वारेन्टाइन लगिएको छ । जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले कोरोना भाइरसको संक्रमणको नियन्त्रण अभियान अन्तर्गत विदेशबाट आएकाहरुको खोजी गरेर क्वारेन्टाइनमा पठाइएको बताएका छन् ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, वडाका जनप्रतिनिधि, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यसहितले विदेशबाट आएकाहरुको खोजी गरेर मिक्लाजुङ्को टाँडीमा रहेको क्वारेन्टाइनमा लगिएको छ । यसैबीच, नगरपालिकाले पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वाड तयारी गरेको र आजसम्मदेखि सेवा सुचारु गर्ने भएको छ । सो अस्पतालका स्वास्थ्यकर्मीहरुलार्इ शनिबार पनि बिदा नगरी काममा खटाइने भएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: