स्वास्थ्यमन्त्री कै निर्वाचन क्षेत्रका व्यक्तिको शव फोहरमैला राख्ने ठाँउमा फालियो - Sainokhabar

स्वास्थ्यमन्त्री कै निर्वाचन क्षेत्रका व्यक्तिको शव फोहरमैला राख्ने ठाँउमा फालियो

साइनो समाचारदाता

पथरी । होलीका दिन कुटपिट वाट घाइते भएका मोरङ्ग पथरीशनिश्चरे १०का दिपक लिम्वुको उपचारकै क्रममा मृत्यु भयो । विराटनगर स्थीत विराटनगर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका लिम्वुको शवलाई अस्पतालले फोहरमैला राख्ने स्थलमा फालिदिएको छ ।

कुटपिट वाट घाइते भएका उनको विहिवार मृत्यु भएको थियो । सात दिन सम्म उपचारका क्रममा अस्पतालले ३ लाख ८० हजार रुपयाँ विल उठाएको थियो । ल्याव र औषधीको भिन्न रकम उठेको अस्पताल प्रशाशनले जनाएको छ । अस्पतालले शुक्रवार लिम्वुको उपचारका क्रममा लागेको पैसा नतिरेको भन्दै उनका परिवारलाई शव नदिइ फोहरमैला राख्ने स्थानमा शव राखेको हो ।

आर्थिक अवस्था कमजोर भएको कारण अस्पतालको बिल तिर्न नसक्दा दीपक लिम्बूको शव २ दिनदेखि घामले भेट्ने ठाउँमा फालिदिएको मृतककी बहिनी मनु लिम्बूले बताइन् । अस्पतालमा जानासाथ पैसा तिर्न हप्कीदप्की हुनथालेपछि मनु भने अस्पताल परिसरभन्दा बाहिरै बस्दै आएकी छन् । मनुलाई दाजु कुटिएर मारिनुको पीडा त छँदैछ, शव शवगृहमा नराखी फालीदिएर अस्पतालले थप पीडा दिएको छ । मनुले भनिन् ‘बरु कुकुर, बिरालोको मरण सम्मानजनक होला । मेरो दाईको अनुहार हेर्न पाउनु त कता हो कता बाहिर फालिदिएको रहेछ ’ । अस्पताल प्रशाशनले शव नकुहियोस भन्नुको सटा वाहिर घाम लाग्ने ठाउमा राखेको लिम्वुले वताइन् । उपचार खर्च तिरेर शव निकाल्नका लागि हाल सुमन कुरुम्बाङ, गणेश थक्लुङ, जीवन खतिवडा, प्रेम ढकाल, केशव कुरुङ्बाङ, बसन्त मादेन, वीरबहादुर बस्नेत लगायतको टोली खटेको छ । यसरी मृतक शव फालिएको दीपक लिम्बूको घर संघीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्वाचन जितेको मोरङ ३ मा पर्दछ । दीपकलाई कुट्ने मुस्कान राई बाहेक अरु दुई जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्रन सकेको छैन ।

सम्बन्धित खवर

%d bloggers like this: