कानेपोखरीमा काग्रेसको राहत वितरण - Sainokhabar

कानेपोखरीमा काग्रेसको राहत वितरण

पथरी
कानेपोखरी ६का खड्ग वहादुर महतको परिवारलाई सरकारले लगाएको लक डाउनले ठुलो पिडा थपेको छ । दैनिक रोजगारीवाट आएको पैसाले परिवारको हात मुख जोडदै आएका महत परिवार चार दिन देखी रोजगारीमा जान पाएका छैनन् ।

कोरना संक्रमण नफैलियोस भनेर सरकारले देश नै ठप्प पारेको वेल महत परिवारले सरकारलाई सहयोग त गरिरहेका छन् तर भोलीको जोहो कसरी गर्ने भन्ने चिन्ता पनि थपिएको छ ।

अरुको ग्वालीमा वस्दै आएका महत परिवारलाई राहत होस भनेर नेपाली काग्रेस कानेपोखरीले एक हप्ता पुग्ने खाद्यान सामाग्री वितरण गरेपछि भने समस्या केहि दिनका लागी टरेको छ ।


छोरोको मृत्युले पिडा व्योहोरीरहेका कानेपोखरी ६ कै दिल वहादुर माझी पनि दैनिक रोजगारी गरेरै जिविको पार्जन गर्दै आएका थिए । छोराको मृत्युले आहत वनेका उनको परिवारलाई लक डाउनले थप पिडा थपेको थियो ।

उनको परिवारलाई पनि कानेपोखरी काग्रेसले राहात स्वरुप सामाग्री प्रदान गरेको छ । नेपाली काग्रेसका स्थानिय नेता जयराज संयोगका अनुसार कानेपोखरी ४ र ६ का १५ गरिव परिवारलाई राहात वितरण गरेको हो ।

विहिवार र शुक्रवार काग्रेस कानेपोखरीले यसरी राहात वितरण गरेको हो । कोरना संक्रमण का कारण देश लक डाउन हुदा दैनिक काम गरेर बेलुका चामल किनेर खाने अत्यन्तै विपन्न परिवारको चुल्होमा आगो बल्न छोडेको छ ।

अति विपन्न परिवारको तथ्याङ लिएर काग्रेसले आपतकालीन राहत वितरण थालेको छ । नेता संयोगका अनुसार कम्तीमा भोकै बस्नु नपरोस भनेर २५ किलो चामल र १ किलो नून वितरण गरिएको हो । दिलबहादुर प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता थुप्रै विपन्न र समस्यामा परेका परिवारलाई कांग्रेसले आपतकालीन सहयोग गरेको छ ।

रमाइलो वजारमा होटलमा मजदुरी गर्ने प्रमिला चौधारीले राहत लिदै भनिन् ‘संकटमा सहयोग भयो खुसी लागेको छ’ । ट्याकटरमा सहचालक काम गर्दै आएका लिला चिमोरीयाको पनि लकडाउन पछि व्यावसाय ठप्प भएको छ ।

उनी काममा जान छोडे संगै परिवारलाई के खुवाउने भन्ने समस्याले गाजेको थियो । काग्रेसको गाँउ समितीले राहात दिए पछि उनीले पनि राहत पाएको अभिव्याक्ति दिए ।

चिमोरीया जस्तै कानेपोखरी ६ का फूलमाया दर्जी,बलबहादुर दर्जी,सुरेश माझी, धनमाया तामाङ,फूलमाया राई ,होमबहादुर विश्वकर्मा, कुमारी भुजेल , देवीसरा गुरुङलाई राहत वितरण गरिएको छ । यसैगरी कानेपोखरी –४की राजकुमारी राई,चेतनाथ पुरी,एसकुमार पुलामी र रामबहादुर थापालाई राहत वितरण गरिएको छ । कांग्रेस कार्यकर्ताबाट स्वतस्फुर्त रुपमा सङ्कलन भएको रकमबाट चामल र नून खरिद गरिएको हो ।

सम्बन्धित खवर