नेपालमा चारजना कोरोना संक्रमित - Sainokhabar

नेपालमा चारजना कोरोना संक्रमित

साइनो समाचारदाता

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई शुक्रबार कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड( १९ रोग पोजेटिभ रिपोर्ट आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। ‘हामीले उहाँको विस्तृत विवरण संकलन गर्दैछौं। उहाँ उपचारको लागि २४ मार्चमा ९गत चैत ११ गते० भर्ना हुनुभएको थियो’,प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा भने । उनी दुबईबाट नेपाल आएका थिए ।

यसअघि तीन जना ‘मा संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचाररत छन् ।

सम्बन्धित खवर