कांग्रेसको चार बुद्धे सार्वजनिक अपिलः सरकार तत्काल बिशेष राहत प्याकेज घोषणा गर - Sainokhabar

कांग्रेसको चार बुद्धे सार्वजनिक अपिलः सरकार तत्काल बिशेष राहत प्याकेज घोषणा गर

साइनो समाचारदाता

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले सार्वजनिक अपिल जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले चार बुद्धे बक्तव्य जारी गर्दै तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।

विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गर्नु स्वभाविक भएको बताउँदै घरहरूमै बसेर सुरक्षीत रहन र लकडाउनलाई इमानदारीसाथ पालना गर्न अनुरोध पनि गरेको छ । दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्नुपर्ने कांग्रेको माग छ । न्यून आय भएका कर्मचारी ,अन्य श्रमिक ,बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरि योजना र कार्यक्रम तत्काल निर्माण गर्न, २० लाख सम्मको ऋण लिएका साना ब्यवसायीलाई लकडाउनको असर र ब्यवसाय तंग्रीने अनुमानित अवधी समेत ख्याल गर्दै कम्तिमा ३ महिनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निस्चित अवधिका लागि ब्याज दर घटाउन पनि माग गरेको छ । साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेको जनाउँदै सबै खाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई राहतको योजना निर्माण गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: