समाजवादीद्धारा माक्स तथा साबुन वितरण - Sainokhabar

समाजवादीद्धारा माक्स तथा साबुन वितरण

साइनो समाचारदाता

पथरी । मोरंगको पथरी शनिश्चरे ६ का आर्थिकरुपमा विपन्न स्थानीयहरुलाई समाजवादी पाटीले विहीबार माक्स तथा साबुन वितरण गरेको छ ।

वडाको गेलाबारीका २ ठाउँमा बसोबास गर्ने मुसहर परिवार, सिसावनीको सुकुम्बासी बस्ती, तल्लो कुडा र माथिल्लो कुडामा माक्स तथा साबुन वितरण गरेको हो । । कोराना भाइरसको बारेमा सचेतनामूलक अभियान सञ्चालन गर्दै समाजबादीले लक्ष्मी प्रसाद चापागाई, किशोर कटुवाल र विशाल चापागाईको विशेष सहयोगमा बितरण गरेको पाटीका जिल्ला सदस्य एलबी भण्डारीले बताएका छन् ।

सम्बन्धित खवर