नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिन्छुः डा. शर्मा - Sainokhabar

नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिन्छुः डा. शर्मा

साइनो समाचारदाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका छन् ।

विश्वका विश्व प्रशिद्ध मानिसहरुले आ–आफ्नो ब्यवसायीक होटल, घर र फर्महरु कोरोना उपचार केन्द्र बनाउन देशलाई दिएको बेला शर्माले पनि आफ्नो हस्पिटल सरकारलाई सहयोग गर्ने घोषण गरेका छन । एक नं. प्रदेशको बोडर एरियाबाट मोरङ, सुनसरी र झापामा भारतमा काम गर्न गएका नेपाली नागरिकहरु आउने क्रम बढ्दो छ । झापा, मोरङ र सुनसरीबाट क्वारेन्टाइनमा जानेको संख्या बढी रहेको बेला शर्माले हस्पिटल राज्यलाई उपचार केन्द्र बनाउन दिने निर्णय गरेका हुन ।


विश्वलाई नै आतंकित बनाईरहेको कोरोना भाइरसको उपचारमा समस्या भईरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन सञ्चालक डा.शर्मा तयार भएका हुन् । निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाई समेत उपचार गर्न नमानेर समस्या बेहोर्नु परिरहेको अवस्थामा डा. शर्माले आज अस्पताललाई नै कोरोना उपचार केन्द्र बनाउन दिने महत्वपूर्ण घोषणा गरेका हुन् । आफ्ने क्षेत्रबाट सदैब सरकारलाई सकेको सहयोग गर्दै आएका शर्माले मोरङको क्षेत्र नं. ३ का विरामीहरुलाई छुटसहित उपचार गर्दै आएका छन । हालका स्वास्थ्य तथा जनसंख्या मन्त्रि भानुभक्त ढकालसंग मोरङको क्षेत्र नं.३ बाट थोरै भोटले पछि परेका थिए । क्षेत्र नं.३ का जनताले स्वास्थ्य मन्त्री भानुभक्त ढकालबाट ठूलो आश र भरोसा लिए पनि पूरा हुन नसकेको समयमा शर्माको सहयोगले जनताको आश र भरोसामा ठूलो मलमपटि लगाउने काम गरेको छ ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठूलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया रहेको छ । समाज सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा.शर्माको यो घोषणाले पूर्वी नेपालमा कोरोना संक्रमण रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । डा.शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा.भगवान कोइरालालाई बिहिबार पत्रसमेत पठाएका छन् । शैया थप गरी १ हजार शैयासम्म सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै कोरोना उपचार केन्द्र सञ्चालनका बिषयमा आवश्यक छलफलका लागि पत्रमार्फत् आग्रह गरिएको छ । कोरोना रोकथाम संयोजन समिति संयोजक डा.कोइराला जस्ता जिम्मेवार व्यक्तिसहित राज्य नै लागि परेकाले सवैको हातेमालोले मुलुकमा चाँडै कोरोना संक्रमण रोकथाम हुने डा.शर्माको भनाइ छ ।

सम्बन्धित खवर

%d bloggers like this: