प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो । सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायनबाट बनाइएको स्प्रे पहिलो चरणमा नगरक्षेत्रको कोशी अस्पतालवाट शुरुवात गरिएको छ । नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन कार्यक्रम फलदायी हुने मेयर भीम पराजुलीले जानकारी दिए ।
तस्वीरः कौशल निरौला