सासंद यादबद्धारा १ महिनाको पारिश्रमिक दिने घोषणा - Sainokhabar

सासंद यादबद्धारा १ महिनाको पारिश्रमिक दिने घोषणा

साइनो समाचारदाता

विराटनगर । समाजवादी पाटीका नेता तथा प्रदेश सभा प्रदेश नम्बर १ का संसदीय दलका नेता जयराम यादबले एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन् । सासंद यादबले प्रदेश सरकारले स्थापना गरेको प्रदेश कोरोना जनसुरक्षा कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् । ।

मंगलबार १ नं. प्रदेश मन्त्रीपरिषद बैठकले नोवेल कोरोना भाइरस (कोभिड १९०) द्वारा सिर्जित परिस्थितिको सामना गर्न कोषको स्थापना गर्ने निर्णय गरेको थियो । बैठकले प्रदेश सरकारको तर्फबाट १० करोड जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले संघीय सरकार, सम्पूर्ण जनप्रतिनिधि, स्थानीय सरकार, राष्ट्रसेवक, निजि क्षेत्र उद्योगी व्यापारी, संघ सस्थालगायत सबैमा जनसुरक्षा कोषमा सहयोग रकम जम्मा गर्न आह्वान गरेका छन् । सरकारले राष्ट्रिय वाणिज्य बैक, बिराटनगर शाखामा खोलिएको खाता नं. २१२०००५८८१०१ ९१( प्रदेश कोरोना जनसुरक्षा कोष) मा सहयोग गर्न अपिल गरेको हो । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर