कोरोना भाइरस नभएको पुष्टि - Sainokhabar

कोरोना भाइरस नभएको पुष्टि

साइनो समाचारदाता

चितवन । जिल्लाको भरतपुर कोरोना विषेश (अस्थाई) अस्पताल भरतपुर १० मा मंगलबार मृत्यु भएका युवालाई कोरोना भाइरस नलागेको पुष्टि भएको अस्पताल प्रमुख भोजराज अधिकारीले बताएका छन् ।

मंगलबार साढे नौ बजे मृत्यु भएका वीरगन्जका ३० वर्षीय युवालाई छाला, फोक्सो र मृगौला लगायतको समस्या थियो। सुरूमा चितवनको सिएमसी अस्पताल पुगेका उनलाई ज्वरो र निमोनिया देखिएको भन्दै कोरोना अस्पताल पठाइएको थियो। युबाको कोरोनाबा मृत्यु भएको हो वा हैन ? भनेर परीक्षणका लागि अस्पतालले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । अस्पताल प्रमुख भोजराज अधिकारीले भर्खर नतिजा नेगेटिभ आएको बताए । चितवनबाट स्याम्पल लिएर गएका चार जनालाई प्रयोगशालाले नेगेटिभ नतिजा आएको पनि जनाए ।

सम्बन्धित खवर