कोरोनाको परीक्षण धरानबाट पनि गर्ने - Sainokhabar

कोरोनाको परीक्षण धरानबाट पनि गर्ने

साइनो समाचारदाता

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को अब धरानबाट पनि परीक्षण गर्ने निर्णय भएको छ । यसअघि काठमाडौंबाट मात्र परीक्षण गरिदै आएको थियो ।

मंगलबार बसेको बैठकले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जमा पनि आवश्यक परीक्षण सामाग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ । त्यहाँ परीक्षण सुरु नहुँदासम्म विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाईमार्गबाट काठमाडौं ल्याउने व्यवस्था स्वास्थ्य मन्त्रालयको समन्वयमा पर्यटन मन्त्रालयले मिलाउनेछ ।

सम्बन्धित खवर