सेल्फ क्वारेन्टाइनमा बस्न प्रदेश सरकारको अनुरोध - Sainokhabar

सेल्फ क्वारेन्टाइनमा बस्न प्रदेश सरकारको अनुरोध

साइनो समाचारदाता

जनकपुरधाम । कोरोनो भाइरसबाट जोगिनका लागि सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीहरुमा अनुरोध गरेका छन् । चैत १० गते मुख्यमन्त्री राउतले एक अपील जारी गर्दै सो अनुरोध गरेका हुन् ।

कोरोना नियन्त्रणका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएकाले सुरक्षित रहन सेल्फ क्वारेन्टाइन एक मात्र विकल्प रहेको जनाए । उनले कोरोना रोकथामका लाििग प्रदेश सरकारले यस अघि नै सबै जिल्लालाई ५०÷५० लाख रुपैया उपलब्ध गराइ सकेको भए पनि त्यो मात्र पर्याप्त नरहेको उल्लेख गरे । प्रदेशवासीहरुलाई आ–आफनै घरबाट एक अर्कालाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गर्दै सहयोग गर्न समेत अपिल गरेका छन् ।

सम्बन्धित खवर