विराटनगरमा ‘लकडाउन’, प्रदेश १ मा यातायात बन्द - Sainokhabar

विराटनगरमा ‘लकडाउन’, प्रदेश १ मा यातायात बन्द

विराटनगर / कोरोना संक्रमणको त्रास बढेपछि विराटनगर महानगरपालिकाले मंगलबारबाट लकडाउन गर्ने निर्णय गरेको छ ।भारतको बिहारमा कोरोना संक्रमकणबाट एकजनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले मंगलबार विहानदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

कोरोना त्रास फैलिएपछि सोमबार महानगरले छलफल आयोजना गरेको थियो । सर्वपक्षिय छलफलमा लक डाउन गर्ने सुझाव आएको थियो । सोमबार नै बसेको महानगरको कार्यपालिकाले लक डाउन गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए । कोरोना त्रासका कारण नगरकै स्थानीयको सक्रियतामा लक डाउन गरिने पराजुलीले बताए ।‘लकडाउन’ गर्दा प्रेस, पानी, अस्पताल, औषधि पसल, खाद्यान्य, दुध बिक्री केन्द्र, बैंकतथा वितिय संस्था सहितका अत्यावश्यस सेवा बाहेक अन्य सेवा बन्द हुनेछन् । यसैबिच एक नम्बर प्रदेशमा मंगलबारदेखी सार्वजनिक यातायात –बस) सेवा अनिश्चितकालका लागि बन्द हुनेभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ एक नम्बर प्रदेश समितिले कोरोना संक्रमण रोकथामका लागि मंगलबारदेखी सबै यात्रुबाहक बस बन्द गर्ने निर्णय गरेको हो ।

महासंघका संयोजक सरोज श्रेष्ठले एक जिल्लाबाट अर्को जिल्लामा नजाने र अत्यावश्यक सेवा वाहेक सबै खाले सेवा बन्द गर्न सरकारले गरेको निर्णय स्वागत योग्य भन्दै सर्मथन गर्न मंगलबारदेखी प्रदेशभरि बस सेवा बन्द हुने जानकारी गराए । बिषम परिस्थितीमा कोरानाको जोखिमयुक्त्त अवस्थालाई ख्याल गर्दै आआफना सवारी साधन घर र ग्यारेजमा थन्काएर सहयोग गर्न उनले सबै सार्वजनिक यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन । सरकारले १० चैतदेखी लामो दुरीका र अर्को जिल्ला जाने यातायात बन्द गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: