गजल - Sainokhabar

गजल

याम लिम्बु

कोरोनाको कहर रोक्न सचेत हुनु हजुर ।
सेनिटाइजर, साबुनसँग हात धुनु हजुर ।

हाच्छिउँ गर्दा खोक्दा अनि हात मिलाउँदा,
सर्नसक्छ भाइरस यो होसियार हुनु हजुर।

ओखती नै बन्याछैन यसलाइ रोक्न कहिँ,
रोकथाम गरौं चेतनाको जाल बुनुँ हजुर ।

चरा मुसा कुकुर बिल्ली नजिक राख्नु हुन्न,
भिडमा जाँदा मुखमा माक्स लगाउनु हजुर।

लक्षण रैछ उच्च ज्वरो सुख्खा खोकी दर्द,
निस्सासिनु, पखाला र बान्ता हुनु हजुर ।

लक्षण आए चाँडो चाँडो अस्पलाल जानु,
आफू बचाई अरुलार्इ नि बचाउनु हजुर

सम्बन्धित खवर

%d bloggers like this: