कोरोनाबाट बच्न हबन - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

कोरोनाबाट बच्न हबन

कोरोना भाइरसले नेपालमा संक्रमित नगरोस भन्ने उद्देश्यका साथ अर्घाखाँचीको सिद्धेश्वर शिवालय चुत्राबेसीमा वैदिक विधिपुर्वक हबन गरी शान्तीको प्राथना गरिएको छ । कोरोनाको स्रकमणबाट बची सबै नेपाली स्वस्थ रहुन भन्ने उदेश्यका साथ स्फटिक धातुको शिवलिंग रहेको सिद्धेश्वर शिवालय चुत्राबेसीमा पाणिनि वेदविद्याश्रमका बटुकहरु द्धारा हवन तथा शान्ती प्राथना गरिएको हो । संक्रमणको रोकथाम भगवानले मात्र गर्न सक्ने भएकाले कोरोना सक्रमण नहोस भनेर पूजा गरिएको मन्दिरका पूजारीले बताए ।
नेपालमा एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिवालयमा दैनिक रुपमा वैदिक विधपिुर्वक पुजा आजा हुँदै आएको छ । उता जिल्ला बिपत ब्यबस्थापन समिति अर्घाखाँचीले भने ४५ शैयाको आइसोसेजन निर्माणको तयारी गरेको छ । साथै थानीय सरकार लाई कोरोनाको साबधानिको निम्ति आफ्नो तयारीमा तत्काल लाग्न समेत अनुरोध गरेको छ ।

सम्बन्धित खवर