कामना सेवाद्वारा मन्दिरलाई कुर्सी हस्तान्तरण - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

कामना सेवाद्वारा मन्दिरलाई कुर्सी हस्तान्तरण

साइनो समचारदाता पथरी / कामना सेवा विकास बैंकले बुद्दशान्ति–१, झापाको श्री लक्ष्मीनारायण मन्दिरलाई फलामको कुर्सी सहयोग गरेको छ ।
बैंकिङले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० थान फलामे कुर्सीहरु सहयोग गरेको हो ।


रहेको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहि देशैभर १२३ वटा शाखा संजाल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको कामना सेवा विकास बैंक लिं को झापा बुधबारे शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुद्दशान्ति–१, झापामा रहेको श्री लक्ष्मीनारायण मन्दिरलाई फलामको कुर्सी हस्तान्तरण गरेको छ ।
बैंकले कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि मन्दिरका अध्यक्ष ज्ञाननाथ पौडेल लगायत कार्यसमिति कुर्सी हस्तान्तरण गरेको हो । सहयोग कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रदेश प्रमुख सुजन छाराहाङ राइले कुर्सी हस्तान्तरण गर्दै बैंकले आफ्नो बैंकिङ सेवाको साथ साथै सामाजिक उत्तरदायित्व निवाह गर्दै आएको र आउँदा दिनमा पनि यस प्रकारको कार्यक्रम गरि समाजमा सहयोग गर्न बैंक सदैव सकारात्मक रहने जानकारी दिनुभयो ।
कार्यक्रममा मन्दिरका अध्यक्ष पौडेलले कामना सेवाको यस प्रकारको सहयोगले मन्दिरलाई ठुलो सहयोग पुगेको बताउँदै आउँदा दिनमा बैकले अझ बढि सामाजिक उत्तरदायित्व निवाह गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।
बैंकले नेपालमा १२३ वटा शाखा कार्यालय स्थापना गरि ६० भन्दा बढी ए.टि.एम तथा नविनतम बैंकिङ प्रविधिद्वारा छिटो, छरितो र सहज तरिकाले ग्राहक केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसका साथ कोरोना भाइरसले विश्वमै विकराल रुप लिइरहेको अवस्थामा नेपाल पनि उच्च जोखीममा परेकोले आफ्ना सम्पूर्ण कर्मचारी, ग्राहक तथा सम्पूर्ण देशवासीमा सचेत भएर रहन आग्रह गर्दै बैंकको सम्पुर्ण शाखामा कोरोना जोखीम न्यूनिकरणका लागी प्राथमीक सामाग्रीहरु उपलब्ध गराएको बैकले जानकारी दिएको छ ।

सम्बन्धित खवर