युवा संघद्धारा सेनिटराइज वितरण - Sainokhabar

युवा संघद्धारा सेनिटराइज वितरण

साइनो समाचारदाता

पथरी । नेपका (नेकपा) निकट राष्ट्यि युवा संघ नेपालले मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा विहिबार हात सफा राख्ने सेनिटराइज वितरण गरेको छ । पथरी बजार क्षेत्रमा भेटिएका सर्वसाधारणहरुलाई समेत औषधिका रुपमा प्रयोग हुने सेनिटराइज हात हातमा लगाइ दिएर भाइरस संक्रमण रोक्ने उपाय अपनाएको हो । भीडभाडमा नजाने, नाक र मुख छोप्न मास्कको प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने र सेनिटराइजको समेत प्रयोग गर्न सचेत गराइएको छ ।

पथरीशनिश्चरे नगरपालिका कार्यालयमा कोरोना सचेतनाको फ्ेक्स व्यानर राखेर कार्यक्रम अघि बढाइएको थियो । कार्यालयमा सेनिटराईजको बट्टा नै दिइएको थियो । त्यस क्रममा संघका युवाहरु सँगसँगै रहेर नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरपालिका लाइन क्षेत्रमा सेनिटराईज वितरणको काम गरेका छन् । संघले, इलाका प्रहरी कार्यालय पथरीमा सेनिटराईजको बट्टा वितरण गर्दै फ्लेक्स समेत प्रदान गरेको छ । संघले प्रदान गरेको सेनिटराइजपछि प्रहरी कार्यालयमा प्रवेश गर्नेहरुलाई साबुन पानीले अनिवार्य हात धुनुका साथै सेनिटराईज हातमा दलेर मात्र प्रवेश गराइएको छ । त्यहाँ रहेका थुनुवाहरुलाई समेत सेनिटराईज प्रयोग गर्न लगाइएको छ । पूर्व र पश्चिम वस स्टेण्डमा गएर वस, सीटी रिक्सा, टेम्पो सहितका सार्वजनिक यातायातका चालक र यात्रुहरुलाई समेत सेनिटराईजको आवश्यकता औंल्याउँदै हातमा दल्ने काम गराइएको छ । गोरखा डिपार्टमेन्ट स्टोरमा हात धुने कक्ष बनाउने र सेनिटराईज प्रयोग गराउन टोलीले अनुरोध गरेको छ । शान्ति सामुदायिक वन उपभोक्ता समूह, एनआइसी एशिया बैंक, ज्योति विकास वैंकमा समेत गएर सेवाग्राहीका हात हातमा सेनिटराईज लगाइदिने काम भएको छ । बैंकमा आउने ज्येष्ठ तथा अपांगता भएका सेवाग्राहीलाई बैंकले मास्क समेत वितरण गर्न संघले आग्रह गरेको पथरीशनिश्चरेका सहसंयोजक नवीनजंग कार्कीले जनाए ।संघका केन्द्रीय सदस्य विजय डाँगी, जिल्ला अध्यक्ष नविन पौडेल, जिल्ला सदस्य मणि लिम्बू, भक्त राई, पथरीशनिश्चरे नगर संयोजक सुमन वनेम, सहसंयोजक नवीनजंग कार्की सहितको अगुवाईमा सेटिनटराईज र कोरोना सचेतनाको पर्चा वितरण भएको छ ।

सम्बन्धित खवर