नगर अस्पतालमा भिडियो एक्सरे मेसिन सुचारु - Sainokhabar

नगर अस्पतालमा भिडियो एक्सरे मेसिन सुचारु

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरेमा रहेको एक मात्र पथरी नगर अस्पतालमा युएसजी (भिडियो एक्सरे मेसिन) को सेवा सुरु भएको छ ।

शुक्रबार नगर प्रमुख दिलीपकुमार राईले वडा नम्वर २ स्थित नगर अस्पतालमा रहेको भिडियो एक्सरे जाँचको उद्घाटन् गरे । प्रतिपटक ६ सय रुपैयाँका दरले भिडियो एक्सरे गरिने अस्पतालका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) ले नगर अस्पतालका लागि २८ लाख ९० हजार मुल्यको भिडियो एक्सरे (युएसजी) मेसिन प्रदान गरेको थियो । अब अस्पतालमा सवैखाले भिडियो एक्सरे गर्न थालिएको हो । जमा इको जाँच समेत गर्न मिल्ने छ ।

तत्कालका लागि ५ शैयाको सो अस्पतालमा ओपिडीका साथै ल्याब, फार्मेसी, स्वास्थ्य विमा, २४ घण्टे प्रसुति सेवा सञ्चालनमा छ । यी खाले सुविधा भएपछि अस्पतालमा दैनिक १ सय बढी विरामी उपचारका लागि आउने गरेका छन् । मेडिकल अधिकृतका रुपमा डा. सावन मेहता र साकारबाबु घर्ती कार्यरत छन् । ६ जना अनमी, ल्याब २, ल्याव असिस्टेन्ट २, पारामेडिकलिष्ट ८ जना रहेका छन् । अस्पतालमा इमरजेन्सी, फार्मेसी र एक्सरेका लागि थप भवन निर्माणाधिन अवस्थामा रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंले बताए ।

घ ब्ततबअजmभलतक

सम्बन्धित खवर

%d bloggers like this: