पथरीमा ग्यासको अनुगमन् - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

पथरीमा ग्यासको अनुगमन्

साइनो समाचारदाता

पथरी । मोरङको पथरीशनिश्चरेको नगरपालिका कार्यालयले ग्यास पसलहरुको शुक्रबार अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् नगरपालिकाको अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा अनुगमन भएको हो ।

पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहित इलाका प्रहरी कार्यालय पथरीको टोलीले ७ वटा ग्यास पसलको अनुगमन् गरेको छ । पसलहरुबाट ग्यासको कृत्रिम अभाव सृजना गरेको पाइएको छैन । साथै ग्यासको उपभोग उपभोक्ताहरुबाट बढी भएकाले ग्यासको मौज्दात भनें खास नभएको देखिएको अनुगमन् संयोजक वास्तोलाले वताइन् । २ नम्वर वडाको पाथीभरा सप्लायर्समा ८० वटा र १ नम्वरको मोरङ भाडा पसलसँगैको पसलमा ९ वटा ग्यास भरिएको अवस्थाको रहेको बाहेक ग्यास आउने र सकिइहाल्ने क्रम चलिरहेको पाइएको उल्लेख गरिन् । पसलहरुमा प्रतिसिलिण्डर ग्यास भर्दा १ हजार ३ सय ५० देखि १ हजार ३ सय ५५ र १ हजार ३ सय ७५ रुपैयाँ सम्म लिइएकोले ग्यासको मुल्यमा भनें एकरुपता नपाएको प्रष्ट्याइन् । टोलीले वडा नम्वर १ का ३ वटा, २ का २ वटा र १० का २ वटा पसलको अनुगमन् गरेको छ । अनुगमन्का क्रममा कृत्रिम अभाव सिर्जना नगर्न र महंगो मुल्यमा ग्यास विक्री वितरण नगर्न अनुरोध उनले गरकी छिन् ।ग्याससँगै भएका किराना पसलमा नूनको पनि अनुगमन् गर्दा नूनको अभाव नभएको देखिएको छ ।

सम्बन्धित खवर