कोरोना रोकथामका लागि सरकारलाई निशुल्क घर दिने मोरङका युवराज पौडेल (भिडियो सहित) - Sainokhabar

कोरोना रोकथामका लागि सरकारलाई निशुल्क घर दिने मोरङका युवराज पौडेल (भिडियो सहित)

साइनो समचारदाता पथरी/ विश्वभर महामारीको रुपमा फैलिएकोकोरोना भाइरसको संक्रमण हाल सम्म नेपालमा नभित्रिए पनि सम्भावित जोखिमलाई मध्यनजरगर्दै नेपाल आर्मी र प्रदेश नम्बर १ सरकारले पूर्वका विभिन्न तीन स्थानमाक्यारेन्टाइन स्थापना गरेको छ । सोहि कार्यलाई सहयो गर्ने उदेश्यले मोरङसुन्दरहरैचाका युवराज पौडे्लले आफ्नो भर्खरै निमार्ण सम्मन्न हुन लागेको ५ तले घरसरकारलाई दिने नियणय गरेका छन ।

भनिन्छन प्राथना गर्ने ओठ भन्दा सेवागर्ने हात पवित्र हुन्छ भने जस्तै  मोरङ सुन्दरहरैचा९ विराटचौकका युवराज पौडे्ल सेवा गर्न तयार भएका छन  । नेपाल आर्मी र १ नं. प्रदेश सरकारको पूर्व तयारीलाईसाथ दिन पौडेलले आफ्नो ५ तले घर क्वारेनटाइनका लागि निशुल्क उपलव्ध गराउने जनाएकाछन् ।पौडेलले आफ्नो १० कोठा रहेको ५तले घरमा १०० जना भन्दा बढीलाई आवश्यक्ता परेको खण्डमा उपचार गर्न सक्ने क्षमता रहेकोबताए । उनले स्थानिय सरकार, प्रदेश सरकार र सम्वधित निकायले आवश्यकता महशुसगरेको खण्डमा क्वारेन्टाइन सेवाका लागि आफ्नो घर उपलव्ध गराउने प्रतिवद्धता जनाएकाहुन ।
कोरोना भाइरसको संक्रमण चिनमा पहिलो पटक देखा परे सगैअहिले यो विश्वव्यापी रुपमा फैलदै नेपाल सग खुल्ला सिमाना जोडिएको भारतमा समेतसंक्रमीत फेला पर्न थाले पछि प्रदेश नम्वर १ सरकारले उच्च सर्तकता अपनाउदै पुर्वी नाकाझापा, मोरङ र उदयपुरमा क्वारेनटाइनका निमार्ण गरेको छ ।
संक्रमण फैलन सक्ने सम्भावनालाईमध्यनगर गर्दै मोरगंको टाँडीमा नेपाली सेना र प्रदेश सरकारको समन्वयमा ६ सय जनालाईराख्न सक्ने गरीको क्वारेन्टाइन स्थापना गरिएको २ नम्वर वाइनिपति याम प्रसाद ढकाललेबताउनु भयो ।
टाँडीमा १ सय वटा टेन्टमा प्रत्येकमाकोरोनाका शंकास्पद दुई जनालाई राख्ने गरि कुल २ सय जना राख्न सकिने गरिक्वारेन्टाइन स्थापना गरिएको छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थापना गरिएकोक्वारेन्टाइनमा कोरोनासंग जोडिने स्वास्थ्य सुरक्षाका पद्धतिहरु अपनाएर क्वारेन्टाइनवनाइएको सैनिक अस्पताल इटहरीकी महासेनानी डा.सरिता केसीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

%d bloggers like this: