मन्दिर शिलान्यास प्रति शान्तिको आपत्ति - Sainokhabar

मन्दिर शिलान्यास प्रति शान्तिको आपत्ति

साइनो समाचारदाता

बेलबारी । सार्वजनिक जग्गा अतिक्रमण गरि मन्दिर बनाउन शिलन्यास गरेको प्रति समूह आपत्ती जनाउँदै अतिक्रमण गर्नेहरुलाई कार्बाहीको माग गरेको छ । बुधवार शान्ति युवा समूह, बेलबारी ९, मोरङका अध्यक्ष धिरोज श्रेष्ठ र उपाध्यक्ष धर्मराज राईले विज्ञप्ती जारी गर्दै अतिक्रमण गर्नेहरुलाई कानुनी कार्बाहीको माग गरेको हो ।

गाउँकै अगुवाहरु बैधानिक संस्थाले संरक्षण गरिरहेको सार्वजनिक जग्गा कानुनी रुपमा अबैधानिक समुह बिशेषले हडप्न खोजेको प्रति खेद व्यक्त गरिएको छ । नेपालको संघीय सरकारले सार्वजनिक सम्पत्तिरुको खोजी गर्दै संरक्षण गरिरहेको बेला स्थानीय सरकारको धज्जी उडाउँदै गाउँका अगुवाहरु स्वयम् सार्वजनिक सम्पत्ति हडप्ने र त्यसलाई मलजल गर्ने दोषी उपर छानबिन गरि कार्बाही गर्न सम्बिन्धत निकाय समक्ष विज्ञप्ती मार्फत माग गरिएको छ । बेलबारी नगरपालिका वार्ड नं.९, नलबारी चौक स्थित दक्षीणमा बाटो, उत्तरमा तिर्थ आचार्यको जमिन, पुर्वमा राजन राईको घर र पश्चिममा बवि धिमालको घर चारकिल्ला भित्रको ०–१–४ क्षेत्रफलको जमिन २०६० साल देखि नै समुहले संरक्षण गर्दै आएको थियो । तर केहि अराजक व्यक्तिहरुको बलमा स्थानीय नरसिंहबहादुर खडका र चन्द्रमणी भण्डारी ९विनोद० को अगुवाईमा मन्दिर शिलन्यास गरिएको समुहका उपाध्यक्ष धर्मराज राईले बताए । सो समूहले मन्दिर बनाउन शिलन्यास गरेपछि बेलबारी नगरपालिकाले त्यस स्थानमा मन्दिर बनाउन रोक लगाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: