योजना परिवर्तन भएपछि वडा कार्यलय घेराउ - Sainokhabar

योजना परिवर्तन भएपछि वडा कार्यलय घेराउ

पथरी 

संघिय संसाद विकास कोषवाट विनियोजित रकम वडा अध्यक्षले अन्यत्रै विनियोजन गरेपछि पथरीशनिश्चरे ३ मा विवाद उत्पन्न भएको छ । वडाको जनता मावि उत्तरवाट पश्चिम जाने वाटो स्तरउन्नती तथा वाटो ग्राभेल कार्यका लागी संघिय संसद संसद भानुभक्त ढकालले १० लाख रुपयाँ विनियोजन गरेका थिए ।

ढकालले सो वाटो स्तर उन्नती तथा ग्राभेल का लागी रकम विनियोजन गरे संगै नगरवाट सो वाटो ग्राभेलका लागी परिपत्र जारी भए पनि वडा अध्यक्ष डम्वर वहादुर चेम्जोङ्गले सो योजनालाई अन्य क्षेत्रमा योजना परिर्वतन गरे पछि स्थानियवासी आन्दोलीत भएका हुन् ।

साेहि बाटामा संसाद विकाश कोषबाट १० लाख र संघिय संसद विकास काेषबाट १० लाख बिनियाेजन भएका थियाे । प्रदेश संसद बिकास काेषकाे समिती बनी सकेकाे छ भने संघियकाे बजेटमा बिबाद उत्वपन्डान भएकाे हाे । नम्वर ३ मा रहेको जनता माविबाट उत्तर तर्फ जाने बाटो स्तरउन्नतिका लागि १० लाख रुपैयाको वजेट विनियोजित भएको थियो । स्थानिय जनताले सोको कार्यान्वयनका लागि पटक–पटक वडा संग माग गरेपनि वडा अध्यक्षले कुनै वास्ता नगरेको स्थानिय निर्मला चौहानको भनाई छ ।

वडाध्यक्षले आफ्नो कार्यकर्ताको स्वार्थ अनुसार सो योजनालाई ३ महिना पछि एक्कासी योजना परिवर्तनको पत्र आएको स्थानीयको आरोप छ ।

संघिय संसद र प्रदेश संसादले सो सडक वनाउन वजेट विनियोजन गरेपछि सडक ग्रावेल हुनेमा त्यहाँका स्थानियवासी ढुक्क थिए । तर वडा अध्यक्ष चेम्जोङ्गले सो योजना अन्य तिर स्तानातरण गरि वडाकै अर्का भागमा पु¥याएका थिए । सोहि दिन वडाध्यक्ष चेम्जोङ्गले अर्का स्थानमा आफै उपभोक्ता समिति गठन पुगेका थिए ।

नेकपा

का कार्यकर्ता रहेका केशव बरालले गाँउलेको घरमै पुगेर सो मार्गमा आएको रकम अन्य सडकमा लगाउने धम्की दिएको स्थानियवासी नवराज तुम्वाफोले वताए । वरालले चाहेको खण्डमा योजना परिवर्तन गर्ने र वजेट फ्रिज गर्न सक्ने सम्मको धम्की दिएको केही दिनमै योजना परिवर्तनको पत्र बोकेर वडाध्यक्ष चेम्जोङ समिति गठन गर्न पुगेका थिए ।

समिती गठन गरेको वारे वडा अध्यक्षलाई सोध्दा योजनाका वारेमा नवोल्न स्थानियवासीलाइ वडाअध्यक्षले वताएको नवराज तुम्वापोले वताए । उनले भने रुप काम गरे । ‘सो योजनामा कम्युनिष्टले आफ्नो स्वार्थअनुरुप काम गरे’। ‘यसरी आफ्नो स्वार्थ अनुरुप काम गर्ने अधिकार वडाअध्यक्षलाई छैन’ तुम्वापोले वताए ।

सम्बन्धित खवर

%d bloggers like this: