वडा कार्यालय भवनको शिलान्यास - Sainokhabar

वडा कार्यालय भवनको शिलान्यास

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ३ नम्वर वडाको भवन बुधबार शिलान्यास गरिएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङले भवनको शिलान्यास गरेका हुन् ।

वडाको आइतवारेमा प्राप्त भएको जग्गामा ४७ लाख ५७ हजार ६ सय ६५ रुपैयाँको लागतमा पर्शुराम निर्माण सेवाले निर्माणको ठेक्का लिएको छ । भवनका लागि नगरले ६८ लाख १० हजार ४५ रुपैयाँको लागत स्टिमेट गरेको थियो । स्थानीय घनश्याम कोइराला, केदार कोइराला, बद्रीनाथ कोइराला, रुद्रप्रसाद पोखरेल, झनप्रसाद पोखरेल, खोमप्रसाद पोखरेल, नन्दी अधिकारी, थमानसिंह सुन्दासले भवनको लागि १० कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।

सम्बन्धित खवर