कार्किकाे मृत्यु काेरनाले नभएकाे अस्पतालकाे भनाइ - Sainokhabar

कार्किकाे मृत्यु काेरनाले नभएकाे अस्पतालकाे भनाइ

काठमाडौं

सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष नबिन कार्कीको केहि दिन अघि बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो ।

सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष कार्कीलाई जोडिएर केहि अनलाइन मिडियाहरुले कोरोनाका कारण दक्षिण कोरियामा मृत्यु भयको भ्रामक समाचार सम्प्रेषण सामाजिक सन्जाल सोसल मिडियामा भाइरल गराएका थिए ।

समाजले कार्किकाे मृत्युकाे यथारथ नबुझी यस्ता समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ । उक्त समाचार प्रति अन्तर्राष्ट्रिय सुदुरपश्चिमेलि नेपाली समाज खेद प्रकट गर्दछ ।

उक्त भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइन र सोसल मिडियाहरुलाई तक्काल समाचार हटाउन आग्रह समेत गरेको छ । कैलाली लम्की नगरपालिका ६ स्थायी निवासी नवीन कार्की १८ महिना अघि स्वदेश फर्किएका थियो ।  कार्कीलाइ शुक्रबार छातीमा समस्या भए पछि थप स्वास्थ्य उपचारको लागि बाँकेको कोहलपुर अस्पतालमा भर्ना गरिएकाे थियाे ।  स्वास्थ्य जाच गर्दा छाती र फोक्सोमा समस्या रहेको डाक्टरले बताए पछि उनकाे आईसियुमा राखेर उपचार सुरु गरिएकाे थियाे । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे  सुदुरपश्चिमेलि नेपाली समाज दक्षिण एसिया संयोजक दिनेश खड्का खप्तडि’ले बताए । कार्कीको कोरोना भाइरस नभइ अन्य रोगका कारण निधन अस्पतालले जनाएकाे छ ।

सम्बन्धित खवर

%d bloggers like this: