पथरीमा पनि मास्ककाे कालाेवजारी, ३ फार्मेसीमा लगाइयाे ताला - Sainokhabar

पथरीमा पनि मास्ककाे कालाेवजारी, ३ फार्मेसीमा लगाइयाे ताला

पथरी
मोरङको पथरीमा रहेका औषधी पसलले माक्सको कालोवजारी गर्ने गरेको तथ्य पाइएको छ । औषधी पसलले अन्य वेला १० रुपयाँमा पाइने मास्क ३० रुपयाँ गोटा विक्रि गर्ने गरेको पाइएको हो ।

पथरीशनिश्चरे ४ शनिश्चरे वजारमा रहेको शनिश्चरे डाइग्नोष्टिक सेन्टरले मास्कको कालोवजारी गर्ने गरेको पाइएको हो । नगरपालिकाको अनुगमन समितीले सो औषधी पसलले महगो मुल्यमा मास्क विक्रि गर्दे गर्दा नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितको टोलीले पसलमा छापा मारेको थियो ।

सो पसलका संन्चालकलाई उपप्रमुख वास्तोलाले कालोवजारी नगर्न चेतावानी दिएकी छन् । यसै विच अनुगमनका क्रममा पथरीमा संन्चालनमा रहेको फार्मेसी गैर कानुनी रुपमा सञ्चालनमा पाइएको विष्टले वताइन् ।

उनका अनुसार अनुगमन गरिएका आधा दर्जन फार्मेसी मध्ये ४ वटा फार्मेसीले विना इजाजत पसल सञ्चालन गरेको,औषधी वेच्ने व्याक्ति फार्मेसी सम्वन्धीत नभएका ,म्याद गुज्रीएका औषधी वितरण गरिएको र कागजपत्र वेगर नै फार्मेसी सञ्चालन भएको पाइए पछि ति औषधी पसलमा सिल गरिएको छ ।

यसरी सिल गरिएका पसलमा पथरीशनिश्चरे १को संन्जुवावा मेडिकल हल,शुभ संगिता फार्मेसी, पथरीशनिश्चरे २ को सिटिजन्स फार्मेसी लगायतका रहेका छन् ।

सो अनुगमनमा पथरी नगर अस्पतालका डाक्टर,उद्योग वाणिज्य संघका प्रतिनिधी,प्रहरी लगायतको टोली रहेको थियो । कोरना संक्रमणको त्रास फैलिए संगै औषधी पसलले मास्कको कालोवजारी गर्न सुरु गरेका छन् । मास्क लुकाएर सस्तो मास्कलाई महगो मुल्यमा वेच्न थालेका जनगुनासो आउन थालेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: